Monday, February 17, 2025
देशकेशव स्थापितसहित दुई जनाले छाडे एमाले

केशव स्थापितसहित दुई जनाले छाडे एमाले

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लेका केन्द्रीय सदस्य केशव स्थापित पार्टीबाट अलग भएका छन् । स्थापितसहित दुई जना केन्द्रीय सदस्यलाई पार्टीले बिदाइ गरेको हो ।

स्थापितसँगै सिराहका प्रमोद नारायण यादवलाई बिदा दिने निर्णय एमालेको सचिवालय बैठकले गरेको हो । स्थापित र यादवको राजीनामा पार्टीले भर्खरै मात्र स्विकृत गरेको बुझिएको छ ।

सोमबार बसेको पाटीको बैठकले अर्थ तथा योजना विभागको सचिवमा युवा संघकी पूर्व उपाध्यक्ष क्रान्ति बुर्लाकोटीलाई मनोनित गरेको छ । उनी २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार थिए।

२०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका उनी पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनीत भएका थिए। त्यसपछि एमाले छाडेर प्रजा परिषद् ब्युँताउन लागेका उनी एमाले विभाजन भएर बनेको अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा क्रियाशील भएका थिए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं- ६ बाट उम्मेदवारसमेत बनेका थिए।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img