सुनसरी / विराटनगरमा मोटरसाइकलमा आएका तीन जना युवाले एक जना युवालाई तरबार प्रहार गरेका छन् ।
सोमबार दिउँसो विराटनगर महानगरपालिका- १० सन्सारी माइस्थान नजिकै व्यस्त बजारमा सोमबार दिउँसो तरबार प्रहार गरिएको हो । तरबार प्रहारबाट विराटनगर महानगरपालिका ८ का २२ वर्षीय मोहम्मद हलिम घाइते भएका छन् । उनको दुवै हातमा गहिरो चोट लागेको छ ।
उपचारका लागि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि नोबेल शिक्षण अस्पताल रिफर गरेको थियो ।
तरबार प्रहारको कारण घाइतेको दुवै हातको नशा काटिएकोले भ्याकुलर सर्जरी गरेर जोडिनुपर्ने चिकित्सकले जनाएका छन् ।
हलिममाथि विराटनगर ८ का अन्दाजी ३० वर्षीय समीर हुसेन, २२ वर्षीय अमन कुरेसी, विराटनगर ११ जनपथ टोलका २६ वर्षीय कुशल पाण्डे, विराटनगरको सौर चियाका सदाब अन्सारीको समूहले तरबार प्रहार गरेको प्रहरीले जनाएको छ ।
‘एउटा मोटरसाइकलमा तीन जना चढेर आएका थिए । तीन जना मध्ये मोटरसाइकलको बीचमा बसेका समीर हुसेनले तरबार बोकेका थिए । प्रहरीले घटनामा संलग्नहरूको खोजी कार्य तीव्र बनाएको जनाएको छ ।