Friday, December 6, 2024
देशपहाडी भेगमा वर्षा र हिमपातको सम्भावना, सावधानी अपनाउन आग्रह

पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानअनुसार आगामी २४ घण्टामा पहाडी भू-भागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। विभागले सम्बन्धित क्षेत्रमा दैनिक जीवनयापनमा असर पर्न सक्ने भन्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

विभागको पूर्वानुमानअनुसार देशका कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा आज दिउँसो मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्ने छ। साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी स्थानमा वर्षा र देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

यस्तै, भोलि शुक्रबार दिउँसो पनि बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ। साथै कर्णाली प्रदेशको केही स्थानमा र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

वर्षा र हिमपातले कृषि, पर्यटन, स्वास्थ्य, सडक तथा हवाई यातायातलगायत दैनिक जीवनयापनमा केही असर पर्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img