Friday, July 11, 2025
कोशी प्रदेशइटहरीइटहरीकी महिला फुटबल खेलाडीलाई सम्मान

इटहरीकी महिला फुटबल खेलाडीलाई सम्मान

spot_img

इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर ४ ले स्थानीय खेलाडी रेखा पौडेललाई आर्थिक सहित सम्मान गरेको छ। १९ वर्षमुनिकी खेलाडी पौडेल हालै साउदी अरबमा सम्पन्न महिला फुटबल प्रतियोगिता ‘वाफ वुमन च्याम्पियनशिप-२०२४’ मा नेपाली राष्ट्रिय टोलीमा सहभागी थिइन् । उक्त टिम च्याम्पियनशिप उपविजेता बनेको थियो ।

इटहरी ४ कचना युवा क्लबबाट खेल्दै आएकी पौडेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा उपलब्धि हासिल गरेकाले वडा कार्यालयले नगद ११ हजार रुपैयाँ सहित सम्मान गरेको हो। वडा अध्यक्ष भक्त लामा तामाङले स्थानीय बासिन्दा पौडेलले वडा र खेल क्षेत्रको गौरव बढाएको बताए।

“वडाबाट सहभागी भएर खेलमा उपलब्धि हासिल गर्नुभएकाले हामीले सम्मान गरेका हौं,” तामाङले भने, “इटहरी ४ खेल क्षेत्रमा अगाडि बढ्दै गइरहेको छ।”

वडा सचिव अर्जुन सुवेदीका अनुसार वडाले यसअघि पनि अन्तर्राष्ट्रिय स्तरमा उपलब्धि हासिल गरेका स्थानीय खेलाडीहरूलाई सम्मान गर्दै आइरहेको छ। युएईमा भएको ‘सुपर कप २०२४’ को कराते प्रतियोगितामा ८४ केजी तौल समूहमा स्वर्ण पदक विजेता सागर राउतलाई पनि यसअघि नै सम्मान गरिसकिएको छ।

खेलाडी पौडेललाई सम्मान कार्यक्रममा वडासदस्य, कर्मचारी, स्थानीय बुद्धिजीवी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img