अर्थ व्यापारपेट्रोल र डिजलको मूल्य घट्यो

पेट्रोल र डिजलको मूल्य घट्यो

हेटौँडा | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य घटाएको छ। निगमले पेट्रोल प्रतिलिटर पाँच रुपैयाँले र डिजल तथा मट्टीतेल प्रतिलिटर एक रुपैयाँले घटाएको हो।

नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमको सञ्चालक समितिको बैठकले निर्णय गरेको छ।

निगमका अनुसार भारतको इन्डियन आयल कर्पोरेशनबाट असार ३१ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार खुद्रा मूल्य समायोजन गरिएको हो।

मूल्य घटेसँगै अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँमा र डिजल तथा मट्टीतेल १४८ रुपैयाँमा उपलब्ध हुनेछन्। यसअघि पेट्रोल १६५ रुपैयाँ र डिजल/मट्टीतेल १४९ रुपैयाँमा बिक्री हुँदै आएका थिए।

निगमले पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेकाले समायोजन गर्न सकिएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img