देशलुम्बिनी प्रदेशअर्घाखाँचीमा पहिरोले पुरिएर दम्पतीको मृत्यु

अर्घाखाँचीमा पहिरोले पुरिएर दम्पतीको मृत्यु

अर्घाखाँची |  अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१०, धनचौर तल्लोपाकुमा शुक्रबार बिहान पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ६६ वर्षीय गोविन्द बुढामगर र उनकी श्रीमती श्यामकला बुढामगर छन्। बिहान करिब ९ बजेतिर उनीहरू रोजा तुसारेपानीस्थित आफ्नै खर्यानमा घाँस काट्न र चिउरी टिप्न गएका बेला माथिबाट आएको सुक्खा पहिरोले पुरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लले जानकारी दिए।

समयमै घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि स्थानीयवासीको सहयोगमा खोजतलास गर्दा दुवै जनालाई पहिरोमा पुरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

ढुङ्गा र माटोको च्यापेटामा परेर शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img