सुनसरी / चितवनमा ट्रक र माइक्रोबस ठोक्किदा चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का सञ्चालक महाविर विश्वकर्माको मृत्यु भएको छ । चितवनको माडीबाट काठमाडौं आउदै गर्दा आज बिहान विश्वकर्मा चढेको माइक्रोबस ट्रकमा ठोक्किएको थियोे ।
राप्ती नगरपलिका- ६ हर्दिचोकमा रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा बा ४ ख ४१२ नम्बरको माइक्रोबस ठोक्किँदा राप्ती नगरपालिका- ४ का महावीर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
दुर्घटना लगत्तै विश्वकर्मालाई पुरानो मेडिकल कलेज चितवन ल्याउने पुर्याउन नपाउदैँ मृत्यु भएको हो । दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् । घाइतेहरूको उपचार भईरहेको प्रहरीले जनाएको छ ।
निधन भएका विश्वकर्मा केहि दिनदेखि आफ्नो स्थायी घर चितवनको माडीमा रहेका थिए ।विश्वकर्माले लामो समयदेखि चर्चित कार्यक्रम बहकिने मन सञ्चालन गर्दै आएका थिए । उनी आहुती नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उक्त पार्टीको भातृ संगठन जात व्यवस्था उन्मुलन मोर्चाको सचिव थिए ।