मकवानपुर: बैंकको व्याजदर उच्च भएको भन्दै आन्दोलनरत व्यवसायीले बिहीबार बैंकमा धर्ना दिएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा बिहीबार हेटौंडाका बैंकहरुमा व्यवसायीले धर्ना दिएका हुन् ।
मकवानपुर उद्योग वाणिज्य संघले ७ दिन विरोध प्रदर्शन कार्यक्रम नै तय गरेको छ । विरोध प्रदर्शनको पहिलो दिन आइतबार पल्पसा सदनमा भेला भएर कालो व्यानर र विरोध कार्यक्रमको पत्रसहित बैंक तथा वित्तीय संस्थाहरुमा ज्ञापनपत्र बुझाएका थिए । दोस्रो दिन बुधबार दिउँसो १ बजे बुद्धचोकमा बागमती प्रदेशस्तरीय २८ वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरुको सहभागितामा व्यानरसहितको शान्तिपूर्ण धर्नाको आयोजना गरिएको थियो । कार्यक्रममा बैंकिङ व्याजदर १ अंकमा कायम गर्नुपर्ने माग गरिएको थियो ।
चौथो भोलि शुक्रबार बैंकहरुमा विहान ११ बजेदेखि १ बजेसम्म २ घण्टा धर्ना दिनेछन् । पाँचौ दिन आउँदो आइतबार बैंकहरुमा डिपोजिट कार्य बन्द गराउने निर्णय गरेका व्यवसायीले छैठौँ दिन फागुन ३० गते शान्तिपूर्ण रुपमा बैंक बन्द गराउने र अन्तिम दिन फागुन २९ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द गराउने मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।