मकवानपुर: बुधवार बिद्यालय हिडेका ६ बर्षीय उमेशको विद्यालय पुग्ने इच्छा अपुरै रह्यो । राष्ट्रिय आधारभूत बिद्यालयमा कक्षा एकमा पढ्ने उमेश विद्यालय नपुग्दै ट्रकको ठक्करबाट गम्भीर घाईते भए ।
उपचारको क्रमामा उनको बिहान ११ बजेर ४५ मिनेटको समयमा डाक्टरले मृतक घोषणा गरे ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, रमनाटारमा ट्रकको ठक्करबाट घाईते भएका ६ वर्षीय उमेश प्रजालाई बिद्यालय नपुग्दै ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ३७८३ नम्बरको खाली ट्रकले पैदलयात्री प्रजालाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट प्रजा गम्भीर घाइते प्रजालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मनहरी पठाएकोमा थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो ।
उपचारको क्रममा बुधबार बिहान ११ बजेर ४५ मिनेटको समयमा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
ट्रक र ट्रकचालक प्रहरीको नियन्त्रणमा लिएर कानुनी प्रकिया अगी बढाईएको प्रहरीले जनाएको छ ।