Friday, January 17, 2025
राजनीतिभोजपुरमा पुगेर ओलीले भने देश बनाउन एमालेको एकल बहुमत आवश्यक छ

भोजपुरमा पुगेर ओलीले भने देश बनाउन एमालेको एकल बहुमत आवश्यक छ

भोजपुर / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि एमालेको एकल सरकार आवश्यक भएको बताएका छन् ।

भोजपुरको टेम्केमैयुङ गाउँ कमिटीले आयोजना गरेको जन भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देश बनाउने काममा एमालेले नेतृत्व गर्ने बताए । उनले यो कामका लागि सही तरिकाका अगाडि बढ्ने नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए । उनले सबैको साथ लिएर अगाडि बढ्न आग्रह गरे ।

ओलीले मिसन ८४ को अभियान अन्तरगत नै झुला घाट चिवा भञ्ज्याङ्ग समृद्धिका लागि सङ्कल्प यात्राको आयोजना गरिएको बताए । उनले यात्रामा उत्साहपूर्ण सहभागिता जनाएका भन्दै सहभागीलाई सबैलाई धन्यवाद दिए ।

ओलीले सिप विकास गरी कसरी आयआर्जन गर्न सकिन्छ भन्ने कुरामा ध्यान जानु पर्ने बताए । उनले नेकपा एमालेको सरकारले छोट समयमा पनि पर्याप्त काम गरेको स्मरण गराए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img