Saturday, November 2, 2024
धर्म/संस्कृतितपोवन धाम : दिव्यताले भरियो मकवानपुरको यो स्थल

तपोवन धाम : दिव्यताले भरियो मकवानपुरको यो स्थल

spot_img

मकवानपुर | मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ स्थित सानन्टारमा रहेको तपोवन धाम एक विशेष धार्मिक स्थलको रुपमा रहेको छ। यस धामलाई उत्तर तेत्तीस कोटी देवी-देवताहरूले बास गर्ने स्थल भनी बिश्वास गरिन्छ।

स्थानीय हरिबहादुर अधिकारीका अनुसार उनलाई केही वर्षदेखि सपनामा भगवानहरू आउने र त्यस ठाउँमा बसेका भन्ने देखाउने गरेको थिए। सपनामा देखिएपछि २०७१ सालको मंसिर १२ गते उक्त स्थानमा उत्खनन गरिँदा तेत्तीस कोटी देवताहरू भेटिएका थिए। मिथिलोक्त तेत्तीस कोटी देवताहरू जमिन मुनि गाडिएर बसेको अवस्थामा फेला परेका थिए।

“भगवानहरु जमिनको मुनि गाडिएर बसेको अवस्थामा फेला परे। जसलाई खनेर माथि निकालियो र सुरक्षित तरिकाले मिलाएर राखियो,” मन्दिरका पुजारी अधिकारीले भने। उक्त स्थानलाई तपोवन भनिन्छ, जसको अर्थ “भगवानहरू शान्ति पूर्वक आसन गर्ने र तपस्या गर्ने ठाउँ” हो।

तपोवनमा श्रावण महिनाको सोमबारलाई विशेष मानेर पूजा आराधना गरिने गरिन्छ। मान्यता अनुसार श्रावण महिनामा राक्षसहरू पातालबाट बाहिर आउँछन् र त्यसबेला सबै भक्तजनले मिलेर महादेवको पूजा आराधना गर्ने चलन छ। यसैले उक्त महिनामा तपोवनमा भक्तजनको भीड लाग्ने गरेको छ।

धार्मिक विश्वासको केन्द्रबिन्दु रहेको तपोवन धामलाई संरक्षण गरी प्रचार-प्रसार गर्न सकिए मकवानपुरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने देखिन्छ। तपोवन धाममा एक विशेष आस्थाको केन्द्रबिन्दु रहेको छ, जसलाई ‘आमाको पाठेघर’ भनिन्छ। यहाँ पुनर्जन्मको आस्थासित जोडिएको एउटा विशेष शिला रहेको छ।

यो ‘आमाको पाठेघर’मा रहेको गोलाकार शिलाको बिचमा प्रवेशद्वार हो भन्ने गरिन्छ । धार्मिक विश्वास अनुसार मन्दिर दर्शनार्थीहरूले पहिले यस शिलाको पूजा गरेर मात्रै अगाडि बढ्नुपर्छ। यसरी पूजा गरेपछि प्रवेशद्वारबाट भित्र प्रवेश गर्न सकिएमा त्यसलाई पापबाट मुक्त भएको मानिन्छ। यसैगरी, प्रवेशद्वारबाट भित्र प्रवेश गरी बाहिर निस्कन सफल भएमा पनि पापमुक्त भएको मानिन्छ। तर प्रवेशद्वारबाट भित्र पस्न नसके वा बाहिर निस्कन नसकेमा भने त्यसलाई पापी मानिन्छ र पुनर्जन्म हुने आस्था गरिँदैन।

यस किसिमको आस्था वा विश्वासलाई लिएर मन्दिर दर्शनार्थी भक्तजनहरू यस स्थानमा आउँछन्। उनीहरू आफ्ना पाप-पुण्यलाई छुट्याउन यस शिलाको प्रयोग गर्छन्।

topban

शिव र पार्वतीको विशेष आवास
धार्मिक मान्यता अनुसार एक समय राक्षसहरूले देवगणहरूलाई पराजित गरेर भगवान शिवलाई गुफामा तपस्या गर्न बाध्य बनाएका थिए। त्यसपछि देवगणहरूले शिव भगवानलाई जगाउन एक महिनासम्म उनको पूजा आराधना गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। शिव भगवानको पूजा आराधना गरेपछि देवगणहरू राक्षसहरूबाट मुक्त भएका थिए। यसरी शिवको पूजा आराधनाले राक्षसबाट मुक्ति मिल्ने भएकाले त्यसपछि देखि श्रावण एक महिना माछा-मासु नखाई शुद्ध भएर शिवको पूजा गर्ने परम्परा चलेको छ। यही परम्परालाई कायम राख्न हरेक वर्ष श्रावण महिनामा तपोवनमा पनि महामेला लाग्ने गरेको छ।यस धाममा शिव र शक्तिको मान्यता धेरै भएकाले त्यहाँ उनीहरूको विशेष पूजा आराधना गरिन्छ। मन्दिर क्षेत्रमा सोमबार र शनिबारका दिन भक्तजनको भीड लाग्ने गरेको पाइन्छ। खासगरी श्रावण महिनामा भने तपोवनमा ठूलो महामेला लाग्छ। यसरी तपोवन धाम शिव-पार्वतीको विशेष आवास स्थलको रूपमा लिइन्छ। शिव भगवानको पूजा आराधनासँग जोडिएर यस धामको विशेष धार्मिक महत्व रहेको छ।

बुढानिलकण्ठ भगवानको सिला
तपोवन धाममा विष्णु भगवानको बुढानिलकण्ठ अवतारको एउटा विशेष सिला रहेको छ। विष्णु भगवानलाई विभिन्न रूपहरूमा जस्तै कछुवा, माछा र शंखको आकारमा पूजा गरिन्छ। उक्त धाममा पनि भगवान् विष्णुको एउटा सिलात्मक अवतार उत्पतित्व रूपमा विराजमान रहेको पाइन्छ। यो बुढानिलकण्ठ भगवान विष्णुको शिला कुण्डको बिचमा रहेको छ। यो सिला धार्मिक आस्थाको प्रतीक स्वरूप रहेको छ। काठमाडौंको बुढानिलकण्ठ नगरपालिकास्थित नारायणस्थानमा यस्तै शिलाको चर्चा धेरै नै छ। त्यहाँ विभिन्न ठाउँका मानिसहरू दर्शनार्थ तथा पूजा आराधनाका लागि आउने गर्छन्।

मकवानपुरमा पनि यसरी नै बुढानिलकण्ठ भगवानको सिला तपोवन धाममा विराजित छ। त्यहाँका भक्तजनहरूले कुण्डमा रहेको पानी छर्केर घर तथा अन्य स्थानहरूलाई शुद्ध बनाउने गर्छन्। बुढानिलकण्ठ भगवान विराजित स्थानमा बढी पानी परेमा त्यहाँ मैलो हुने भन्ने मान्यता छ।

topban 2

यसरी विष्णु भगवानको यस विशेष अवतारसँग जोडिएको तपोवन धामको धार्मिक महत्व रहेको छ। यहाँको आस्थालाई संरक्षण गरी धार्मिक पर्यटनसँग जोड्न सकिए मकवानपुरको धार्मिक पर्यटनलाई फड्को मार्न सकिने देखिन्छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img