Saturday, November 2, 2024
स्वास्थ्यअरुण गाउँपालिकाद्वारा ८४ जना वृद्धवृद्धालाई निःशुल्क दन्त उपचार सेवा

अरुण गाउँपालिकाद्वारा ८४ जना वृद्धवृद्धालाई निःशुल्क दन्त उपचार सेवा

spot_img

भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले हालै सञ्चालन गरेको ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रमबाट ८४ जना वृद्धवृद्धाले लाभ लिएका छन्। गाउँपालिकाको ५० प्रतिशत र पूर्वाञ्चल डेन्टल अस्पतालको ५० प्रतिशत लागत साझेदारीमा यो कार्यक्रम सम्पन्न भएको हो।

atrun gaupalika ad

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाका अनुसार चैत्र १४ र १५ गते सञ्चालित यस कार्यक्रममा पालिकाका सबै ७ वटै वडाबाट प्रत्येक वडाका १० जनाभन्दा बढी ज्येष्ठ नागरिकहरूले सेवा पाएका छन्।

गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले यो प्रथम चरणको कार्यक्रम भएको र आगामी वर्षमा पनि यस्तै कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। उनले साझेदार अस्पतालसँग १० वर्षको वारेन्टी सहितको सम्झौता गरिएको पनि बताए।

उपाध्यक्ष विनिता ढकालले यस कार्यक्रमको उद्देश्य वृद्धवृद्ध, अपाङ्ग, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकहरूको जीवनमा खुसी ल्याउनु रहेको बताइन्। उनले गाउँपालिकाले अन्य समुदाय लक्षित कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको जानकारी दिइन्।

लाभग्राही विष्णु कुमार ओझाले २०५५ सालदेखि दाँतविहीन जीवन बिताइरहेकोमा अब निःशुल्क दाँत पाएर अत्यन्त खुसी भएको बताए। अर्का लाभग्राही नेत्र बहादुर खड्काले दाँत नहुँदा खानपानमा भोग्नु परेको समस्या अब हट्ने भएकोमा खुसी व्यक्त गरे।

यस कार्यक्रमले स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच बढाउने र ज्येष्ठ नागरिकहरूको जीवनस्तर सुधार्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले भविष्यमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने योजना बनाएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img