Saturday, July 19, 2025
देशबागमती प्रदेशबागमती प्रदेश सरकारको ८२/८३ नीति तथा कार्यक्रममा के छ?

बागमती प्रदेश सरकारको ८२/८३ नीति तथा कार्यक्रममा के छ?

spot_img

हेटौँडा | बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमले समावेशी विकास, रोजगारी सिर्जना, पूर्वाधार सुदृढीकरण, युवामैत्री उद्यम प्रवर्द्धन, कृषि रूपान्तरण र दिगो शहरीकरणलाई प्राथमिकतामा राखेको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रमले संघीयतालाई बलियो बनाउने, सेवा प्रवाहमा पारदर्शिता कायम गर्ने र नवप्रवर्तनमा आधारित शासन प्रणाली निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।

“सडक र पुल: विकासको मूल” भन्ने नारासँगै प्रदेश सरकारले मौलिक शहरी संरचनाहरू निर्माण, सडक स्तरोन्नति, दिगो बस्ती विकास, जलाधार संरक्षण र विपद् न्यूनीकरणलाई समग्रतामा अघि सारेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र हेटौँडा अन्तर्राष्ट्रिय खेलकुद रंगशाला लगायतका बहुउद्देश्यीय आयोजनाहरूलाई शीघ्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

- Advertisement -

प्रदेशले “कृषि रुपान्तरणको आधार: प्रवर्द्धन र पूर्वाधार” नारामा आधारित कार्यक्रमअन्तर्गत न्यूनतम समर्थन मूल्य प्रणाली (एमएसपी), स्मार्ट कृषि फार्म, र एक वडा एक उत्पादन नीति लागू गर्ने भएको छ।

रैथाने बीउबिजन संरक्षणदेखि उच्च मूल्यका कृषि उपजको बजार व्यवस्थापनसम्म, १६ वटा स्थानीय तहहरूमा सूचना प्रवर्धनमा आधारित कृषि बजार केन्द्र स्थापना गरिने जनाएको छ ।

स्वास्थ्य क्षेत्र सुधारका लागि “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” अभियान र निःशुल्क हवाई उद्धार सेवा निरन्तर सञ्चालन गरिने उल्लेख छ । प्रदेशका प्रमुख अस्पतालमा क्यान्सर, डायलाइसिस, मानसिक स्वास्थ्य, मिर्गौला र आँखासम्बन्धी विशेषज्ञ सेवा विस्तार गरिनेछ। आयुर्वेदमा पनि जोड दिँदै २१ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरिने घोषणा गरिएको छ।

“गुणस्तरीय शिक्षा, सबैको इच्छा” भन्ने मूलमन्त्रमा आधारित कार्यक्रमहरू सञ्‍चालन हुनेछन्। प्रदेशले व्यावसायिक शिक्षा र एसटीईएम  शिक्षा प्रवर्द्धन गर्न “विज्ञान मेला” तथा इन्टर्नशिप कार्यक्रम सञ्चालन गर्ने भएको छ।

“जहाँ उत्पादन, त्यहाँ रोजगारी” भन्ने नारामा आधारित एक वडा एक उद्यम, एक स्थानीय तह एक प्रमुख उद्योग नीति ल्याइएको छ। स्टार्टअप, इन्क्युबेसन केन्द्र, प्रविधि मेलाको माध्यमबाट युवाहरूलाई स्वरोजगार र नवप्रवर्तनतर्फ आकर्षित गरिनेछ जनाईएको छ ।

शिव सम्पर्क परियोजना, होमस्टे प्रवर्द्धन, साहसिक पर्यटन, चलचित्र सिटी स्थापना लगायतका कार्यक्रमहरूमार्फत बागमती प्रदेशलाई देशकै प्रमुख पर्यटन गन्तव्य बनाउने योजना अघि सारिएको छ।

डाँडाँङेु (दोलखा) लाई चलचित्र सिटी बनाउने, मातृभाषा प्रवर्द्धन सामग्री विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

डिजिटल सरकार बनाउने उद्देश्यले कृत्रिम बौद्धिकता (एआई) प्रयोग, ई-गभर्नेन्स प्रणाली, अनलाइन सेवा प्रणाली विस्तार, ट्रान्सपरेन्सी र सुशासन प्रवर्द्धन गर्ने खाका तयार गरिएको छ।

बागमती प्रदेश सरकारद्वारा सार्वजनिक सेवा प्रवाहमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति र डिजिटल ट्रान्सफर्मेसन योजना अघि बढाइएको छ।

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम २०८२/८३ समग्ररूपमा आधुनिक, समावेशी र परिणाममुखी विकास अवधारणामा आधारित छ। सङ्घीयताको सार्थक अभ्यास, युवालाई देशमै समृद्ध बनाउने सोच, र दिगो पूर्वाधारमा लगानी मार्फत प्रदेशले आगामी वर्षहरूमा दृष्टिगोचर परिणाम दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img