मकवानपुरबागमती गाउँपालिकाबागमती गाउँपालिकामा फुटबल खेलाडी छनोट सम्पन्न, अन्तिम चरणमा ७५ जना रहने

बागमती गाउँपालिकामा फुटबल खेलाडी छनोट सम्पन्न, अन्तिम चरणमा ७५ जना रहने

हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकाले वडा तहमा फुटबल खेलाडी छनोट प्रक्रिया सम्पन्न गरेको छ । वडा तहबाट १ सय ५३ जना बालबालिका छनोट भएका छन् ।

गाउँपालिकाले फुटबल एकेडेमी सञ्चालन गर्ने तयारी स्वरूप १२ देखि १४ वर्ष उमेर समूहका खेलाडी छनोट सुरु गरेको हो । वडास्तरीय छनोटमा १२ वर्ष उमेर समूहमा ५७ जना र १४ वर्ष उमेर समूहमा ९६ जना छनोट भएका छन् ।

१२ वर्ष उमेर समूहको पालिकास्तरीय छनोट आज (बुधबार) हुँदैछ भने १४ वर्ष उमेर समूहको छनोट भोलि (बिहीबार) हुनेछ । अन्तिम छनोट झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा हुनेछ ।

त्रिभुवन आर्मी क्लबका मुख्य प्रशिक्षक मेघराज केसीको टोलीले खेलाडी छनोट गरिरहेको छ । प्रशिक्षक केसीका अनुसार अन्तिम चरणमा जम्मा ७५ जना मात्र छनोट गरिनेछ ।

अन्तिम चरणमा छनोट भएका खेलाडीलाई फापरबारीमा सञ्चालन हुने फुटबल एकेडेमीमा भर्ना गरिनेछ । गाउँपालिकाले खेलमैदान निर्माणसँगै एकेडेमीका लागि आवश्यक छात्रावाससमेत तयार पारेको छ ।

यसैबीच, बागमती गाउँपालिकाले राष्ट्रियस्तरको गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने तयारीसमेत गरिरहेको जनाएको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img