Saturday, May 17, 2025
बागमती प्रदेशमकवानपुर१९ गतेदेखि नागस्वतीमा ११ दिने संस्कृति प्रवर्द्धन मेला  
spot_img

१९ गतेदेखि नागस्वतीमा ११ दिने संस्कृति प्रवर्द्धन मेला  

spot_img

हेटौँडा | मकवानपुरको हेटौँडाको उपमहानगरपालिका वडा नं. ७ नागस्वतीमा ११ दिने संस्कृति प्रवर्द्धन मेला लाग्ने भएको छ ।  वैशाख १९ गतेदेखि ३० गतेसम्म हेटौँडा – ७ बेलीब्रिज स्थित  नागस्वतीमा “नागस्वती युवा क्लब”ले “संस्कृति प्रवर्द्धन मेला २०८१” आयोजना गर्ने भएको हो ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै नागस्वती युवा क्लबले स्थानीय संस्कृति प्रवर्द्धन तथा कृषि प्रदर्शनी गर्ने उद्देश्यले यस मेलाको आयोजना गर्न लागेको जनाएको छ ।   मेलामा मकवानपुर जिल्लाभरिबाट विभिन्न कृषि प्रदर्शनीहरू राखिने र स्थानीय कृषकहरूलाई प्रोत्साहन गर्नका लागि विशेष कार्यक्रमहरू समावेश गरिने आयोजकले जनाएको छ ।

यसैगरी, मेलामा स्थानीय संस्कृतिसँग सम्बन्धित विभिन्न कला, सङ्गीत तथा नाच प्रस्तुतिहरू हुनेछन्। राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकार धुर्मुस सुन्तली, प्रताप दास, पृति आले, शान्ति श्री परियार, प्रमोद खरेल लगाएतको प्रस्तुति रहने छ । मेलामा स्थानीय संस्कृतिसँग सम्बन्धित विविध कला, सङ्गीत र नाचका कार्यक्रमहरू रहने आयोजकले जनाएको छ  ।

पहिलो र दोस्रो दिन निःशुल्क प्रवेश रहने यस मेलामा अन्य दिनहरूमा भने प्रवेशार्थि शुल्क लिइने क्लबले जनाएको छ। क्लबका अनुसार दैनिक करिब १० हजार मानिसहरू यस मेलामा आउने अनुमान गरिएको छ भने मेला अवधिभर एक लाखभन्दा बढी मानिसहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। मेलाको व्यवस्थापन र सुरक्षाका लागि विभिन्न सङ्घसंस्था र प्रहरी परिचालन गरिने बताइएको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img