हेटौँडा | हेटौँडामा तरकारी व्यवसायीमाथि कार्यालयभित्रै आक्रमण भएको घटना सार्वजनिक भएको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी संघले आफ्नो एक सदस्यमाथि संघकै कार्यालय भित्रै आक्रमण भएको बिज्ञाप्ती मार्फत जानकारी गराएको छ ।
संघद्वारा जारी विज्ञप्तिअनुसार, मंगलबार बिहान संघका सदस्य एवं तरकारी व्यवसायी जगत बहादुर गोलेमाथि संघको कार्यालयमा भित्रै आक्रमण भएको थियो।
संघ भित्रको विवादमा छलफल गरिरहेका बेला बाहिरका मान्छेले उनलाई हातपात गरेर फरार भएका थिए। संघका अध्यक्ष कृष्ण प्रसाद हुमागाई र सचिव नवराज शर्मा पौडेलसहितको समितिले कार्यालयमा दुवै पक्ष राखेर छलफल गरिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका सदस्यहरूले आक्रमण गरेको संघको दाबी छ।
“संस्थाका सल्लाकार एवम् व्यवसायी जगत बहादुर गोलेलाई कुटपिट गरेको हुदां, यस्तो कार्य प्रती यस संघको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त अभद्र घटनामा संलड्न व्यक्तिहरुलाई कानुन बमोजिमको कारवाही गर्न संघ सम्बन्धित कार्यलयमा जोडदार माग गर्दछ ।”, संघका महासचिव सन्तोसी बर्तौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।