Thursday, March 27, 2025
बागमती प्रदेशमकवानपुरराप्रपा शिक्षा विभागद्वारा हेटौँडामा अनुशिक्षण तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

राप्रपा शिक्षा विभागद्वारा हेटौँडामा अनुशिक्षण तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

हेटौँडा | राप्रपा केन्द्रीय शिक्षा विभागले “शिक्षा र राप्रपा” विषयक अनुशिक्षण तथा सुझाव संकलन कार्यक्रम हेटौँडामा सम्पन्न गरेको छ। मंगलबार पार्टीका नेता, कार्यकर्ता, तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा शिक्षा विभाग प्रमुख डा. राजेश गिरि र डा. बसन्त अधिकारीले प्रशिक्षण दिएका थिए ।

प्रतिनिधि सभा सांसद दीपक बहादुर सिंह प्रमुख अतिथिको रूपमा कार्यक्रममा सहभागी थिए भने सभाध्यक्षका रूपमा शिक्षा विभाग प्रमुख डा. राजेश गिरिले कार्यक्रमको नेतृत्व गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सिंहले राप्रपाको सांगठनिक सुदृढीकरण र अनुशासित तथा सक्षम नेतृत्व निर्माणलाई प्राथमिकता दिने बताए । उनले युवाहरूलाई फोहोरी राजनीति परित्याग गरी स्वच्छ राजनीतिक संस्कारलाई अँगाल्न आह्वान गर्दै राप्रपा खुला मञ्च भएको सन्देश दिए ।

Advertisement

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img

सिफारिस