Friday, July 18, 2025
बागमती प्रदेशमकवानपुरमकवानपुरमा स्वास्थ्य चौकीका कर्मचारीद्वारा खुर्पा प्रहार गरी वृद्धको हत्या

मकवानपुरमा स्वास्थ्य चौकीका कर्मचारीद्वारा खुर्पा प्रहार गरी वृद्धको हत्या

spot_img

हेटौँडा | मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनीमा कार्यरत एक स्वास्थ्य चौकीका कर्मचारीले स्थानीय वृद्धलाई खुर्पा प्रहार गरी हत्या गरेका छन्। बेतिनी स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी ३५ वर्षिया कुमार थापाले ५७ वर्षीय रामबहादुर वाइबाको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार थापा बारा जिल्लाको निजगढ नगरपालिका–३, सिंगोल घर भएका हुन्। घटना भएको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको प्रहरी टोलीले थापालाई नियन्त्रणमा लिएको छ।

- Advertisement -

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार वाइबा घर नजिकै रहेको गोठमा गाईवस्तुलाई घाँस हाल्न जाँदै गर्दा थापाले पछाडिबाट खुर्पा प्रहार गरेका थिए। घटनास्थल पुरानो स्वास्थ्य चौकी भवन नजिक पर्छ, जहाँ थापा कार्यालय सहयोगीको रूपमा कार्यरत थिए।

प्रहरीका अनुसार थापा केही समयदेखि मानसिक रूपमा असामान्य देखिएका थिए। स्थानीयवासीले थापा बारम्बार “मान्छे काट्छु” भन्दै हिँड्ने गरेको बयान दिएका छन्। नियन्त्रणमा लिएर गरिएको प्रारम्भिक सोधपुछमा पनि थापा असन्तुलित र अस्पष्ट जवाफ दिइरहेको प्रहरी स्रोतले जनाएको छ।

हाल घटनाबारे थप अनुसन्धान जारी रहेको छ। प्रहरीका अनुसार थापाको मानसिक स्वास्थ्यसम्बन्धी अवस्था मूल्याङ्कन गर्न चिकित्सकीय प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img