Monday, January 13, 2025
देशगण्डकी प्रदेशनुवाकोटमा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु

नुवाकोटमा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु

नुवाकोट — नुवाकोटमा बिहीबार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । विदुर नगरपालिका-४ बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङतर्फ जाँदै गरेको बा२ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

दुर्घटनामा परी २३ जना घाइते भएको र घाइतेहरूको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको डीएसपी खगेन्द्र खड्काले बताए ।

मृत्यु हुनेमा विदुर नगरपालिका ३ का ६३ वर्षीय बाबुराम दर्जी नेपाली, का ७८ वर्षीय रामप्रसाद अर्याल र एक जना महिलाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । उनका अनुसार बस सडकबाट २० फिट तल खसेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img