Monday, January 13, 2025
देशगण्डकी प्रदेशनेपालकै लामो झोलुङ्गे पुलबाट खसेर एक युवाको मृत्यु

नेपालकै लामो झोलुङ्गे पुलबाट खसेर एक युवाको मृत्यु

बागलुङ: नेपालकै लामो झोलुङ्गे पुलबाट खसेर एक युवाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुलबाट बसेर बुधबार साँझ बागलुङ नगरपालिका–४ रातमाटाका २२ वर्षीय शेर बहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । थापा पुलबाट कालीगण्डकी नदि किनारमा खसेको डिएसपि केसीले जानकारी दिए ।

पुलबाट १३८ मिटर तल कालीगण्डकी किनारमा खसेका थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाको छ । थापाको शव पोष्ट्मार्टमको लागि धौलागिरी अस्पताल बागलुङमा ल्याइएको प्रहरीले बताएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img