Sunday, March 16, 2025
देशकर्णाली प्रदेशआज बाट सुर्खेत विमानस्थल २५ दिन बन्द

आज बाट सुर्खेत विमानस्थल २५ दिन बन्द

काठमाडौं : आज बाट सुर्खेत जिल्लाको विमानस्थल २५ दिनका लागि बन्द भएको छ । धावनमार्ग मर्मतसम्भार गर्नका लागि विमानस्थल २५ दिनका लागि बन्द हुन लागेको छ ।

धावनमार्ग मर्मतसम्भार गर्नु पर्ने भएकाले मंसिर १० गते देखि पुस ५ गतेसम्म विमानस्थल बन्द हुने सुर्खेतका प्राविधिकरणका इन्जिनियर मुरारी भण्डारीले बताउनुभएको छ ।विमानस्थलको धावनमार्ग ओभाल-ले गर्नुपर्ने भएको कारणले नियमित उडान बन्द हुने नागरिक उड्डयन कार्यलय सुर्खेत जनाएको छ। विमानस्थल मर्मतसम्भार २५ दिनमा सक्ने योजना बनाएका छौं ।

उहाँका अनुसार २५ दिनको त्यो अवधिमा नियमित उडान बन्दहुन्छ। विमानस्थल मर्मतसम्भारका लागि बन्द हुने भएपछि बुद्ध एयरले नेपालगन्जमा थप उडान गर्ने जनाएका छन् ।

सुर्खेत विमानस्थल धावनमार्ग मर्मतसम्भार कार्य अवधिभर सुर्खेतका सम्पूर्ण उडान बन्द रहने र हवाई यात्रा थप सहजकताका लागि नेपालगन्जको लागि थप एक उडानसहित दैनिक ६ उडान गर्ने बुद्ध एयरले जानकारी दिएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img