Saturday, January 18, 2025
देशकर्णाली प्रदेशबाजुरामा ५.२ म्याग्नेच्युडको कम्पन महसुस

बाजुरामा ५.२ म्याग्नेच्युडको कम्पन महसुस

बाजुरा | बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगमा शनिबार बिहान मध्यम तीव्रताको भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर बिहान ४ बजेर १४ मिनेटमा ५.२ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्पको झट्का महसुस हुनासाथ जिल्ला सदरमुकाम मार्तडीका स्थानीयबासी घरबाहिर निस्किएका थिए। आकस्मिक भूकम्पको कारण होहल्ला मच्चिएको र स्थानीयमा त्रास फैलिएको थियो।
पुनः भूकम्प आउन सक्ने आशंकाले स्थानीयबासी अझै त्रसित अवस्थामा रहेका छन्। भूकम्पबाट के कति क्षति भएको छ भन्ने विवरण भने हालसम्म यकिन हुन सकेको छैन।

स्थानीय प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नागरिकहरूलाई सतर्क रहन र आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको छ। प्रशासनका अनुसार क्षतिको विवरण संकलन कार्य जारी रहेको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img