यस साता मेष, वृष, कन्या र धनु राशिका लागि विशेष शुभ समय रहेको छ। मेषका लागि मित्रहरूको साथ र शेयर लगानीमा फाइदा रहँदा वृषका लागि मेहनतको प्रतिफल र कानुनी मामिलामा सफलता मिल्नेछ। कन्याले व्यापार व्यवसायमा विशेष लाभ लिन सक्नेछन् भने धनु राशिका लागि नयाँ कामको थालनी र प्रभावशाली व्यक्तिको सहयोग मिल्नेछ। त्यसैगरी मिथुन, कर्कट, सिंह र वृश्चिक राशिका लागि मिश्रित फल रहेको छ – सुरुवातमा केही चुनौती भए पनि क्रमशः सुधार हुँदै जानेछ। तुला, मकर, कुम्भ र मीन राशिका लागि भने यो साता विशेष सतर्कता अपनाउनुपर्ने देखिन्छ। विशेषगरी आर्थिक कारोबार, स्वास्थ्य र यात्रामा सावधानी अपनाउनुपर्ने हुनेछ। समग्रमा यो साता मेष, वृष र कन्या राशिका लागि उत्कृष्ट रहने देखिन्छ।
मेष
यो साता सुरुमा मित्रहरूको साथ र सहयोग प्राप्त हुनेछ। रमाइलो यात्राको योग देखिन्छ। शेयर बजारमा लगानी फाइदाजनक रहनेछ। प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ। व्यवसायिक चुनौतीहरू समाधान हुँदै जानेछन्। आम्दानीमा वृद्धि हुँदा जीवनस्तर सुधार हुनेछ। साताको अन्त्यतिर भने महत्वपूर्ण अवसरहरू गुम्न सक्छन्। यात्रामा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ।
वृष
मेहनती व्यक्तिका लागि फलदायी साता रहनेछ। आफन्त र साथीभाइको सहयोग र प्रोत्साहन मिल्नेछ। कानुनी मामिलामा सफलता हासिल हुनेछ। आकर्षक पहिरनले अरूको ध्यान तान्नेछ। सप्ताहान्तमा सहयोगी जुट्नेछन् र कार्य सम्पन्न हुनेछ। आर्थिक लाभले दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ।
मिथुन
साताको सुरुमा यात्रा, खानपिन र फेसनमा खर्च बढ्नेछ। महत्वपूर्ण अवसर गुम्न सक्ने भएकाले सचेत रहनुपर्नेछ। आफन्तको राम्रो साथ मिल्नेछ। पारिवारिक सुख र साथीभाइसँग रमाइलो समय बित्नेछ। साताको अन्त्यतिर भाग्यले साथ दिनेछ। सहयोगीको साथले नाम, दाम र इनाम प्राप्त हुनेछ।
कर्कट
शत्रुहरू पराजित हुनेछन्। योजनाबद्ध कार्यले गति लिनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। आत्मविश्वास र उर्जा बढ्नेछ। महिला वा मित्रबाट विशेष सहयोग प्राप्त हुनेछ। साताको मध्यतिर तनाव र दबाब महसुस हुनेछ। अपेक्षित नतिजा नआउँदा निराशा छाउन सक्छ। सप्ताहान्तमा व्यावसायिक यात्रा र थप आम्दानीको योग छ।
सिंह
विभिन्न अवसरहरू प्राप्त हुनेछन्। नजिकका मित्रसँग भेटघाट हुनेछ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। साताको दोस्रो भागमा धन खर्च बढ्नेछ। व्यावसायिक कार्यबाट सामान्य लाभ लिन सकिनेछ। भौतिक सुविधाहरू जुट्नेछन्। परिश्रमले सम्मान र पुरस्कार दिलाउनेछ। मन मिल्ने साथी भेटिने र प्रेम सम्बन्ध गाढा बन्ने सम्भावना छ।
कन्या
साता सुरुमै चुनौतीहरू पार गर्दै सफलता हासिल गर्नुहुनेछ। सम्मानजनक व्यवहार पाइनेछ। प्रभावशाली व्यक्तित्व देखाउन सफल हुनुहुनेछ। व्यापार व्यवसायमा विशेष लाभ मिल्नेछ। प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ। पारिवारिक भेटघाटको समय रहनेछ। विरोधीहरू समेत सहयोगी बन्नेछन्। साताको अन्त्यमा भौतिक सुविधा बढ्नेछ र विदेश यात्राको योग बन्नेछ।
तुला
साताको सुरुवात अनावश्यक झन्झटमा फस्न सक्ने देखिन्छ। चुनौतीहरूको सामना गर्नुपर्नेछ। बुधवारदेखि प्रयासअनुरूप फल मिल्नेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। भाग्यले पूर्ण साथ दिनेछ। सप्ताहान्तमा विद्यार्थीहरूका लागि शुभ समाचार आउनेछ। वैदेशिक यात्राको योग बन्दै जानेछ।
वृश्चिक
आम्दानीका नयाँ स्रोतहरू पहिचान हुनेछन्। नयाँ काम सुरु हुनेछ। राजनीतिक सहयोग मिल्नेछ। यात्रा सफल रहनेछ। समर्थकहरूको साथ पाइनेछ। बिहीबारदेखि जोखिमपूर्ण जिम्मेवारी आउन सक्छ, सावधान रहनुहोला। कानुनी प्रक्रियाले गर्दा लक्ष्यमा पुग्न केही समय लाग्न सक्छ।
धनु
साता सुरुमै उत्साह र उमंग छाउनेछ। प्रभावशाली व्यक्तिको सहयोग मिल्नेछ। राम्रो पहिरनले आकर्षण बढाउनेछ। बिहीबार आर्थिक लेनदेनमा सावधान रहनुपर्नेछ। स्थान परिवर्तनको सम्भावना छ। सप्ताहान्तमा परिस्थिति अनुकूल बन्दै जानेछ। नयाँ कामको थालनी हुनेछ।
मकर
शुभ समाचारसँगै साता सुरु हुनेछ। नयाँ कामको सुरुवात हुन सक्छ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। आम्दानी बढ्नेछ। सहयोगीहरूको साथ मिल्नेछ। सप्ताहान्तमा स्वास्थ्यमा समस्या आउन सक्छ। अनावश्यक खर्च बढ्नेछ। विवादबाट टाढै रहनु श्रेयस्कर हुनेछ।
कुम्भ
योजना कार्यान्वयनमा ढिलाइले पछाडि पर्न सकिनेछ। राजनीतिक कार्यमा अवरोध आउनेछ। सम्पत्ति हराउने र खर्च बढ्ने योग छ। बुधवारदेखि नयाँ ज्ञान प्राप्त हुनेछ। समाजसेवामा संलग्न हुनुपर्नेछ। सप्ताहान्तमा अतिथिको आगमनले योजना प्रभावित हुन सक्छ। आर्थिक व्ययभार बढ्नेछ।
मीन
बुद्धिमत्तापूर्वक समस्या समाधान गर्न सकिनेछ। मनोरञ्जनका कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। धन आर्जनका अवसरहरू प्राप्त हुनेछन्। पुरानो लेनादेना असुली हुनेछ। अवसरका लागि चुनौतीको सामना गर्नुपर्नेछ। बिहीबारदेखि मेहनत र व्यवसायबाट राम्रो आम्दानी हुनेछ। सप्ताहान्तमा व्यावसायिक यात्राको योग रहेको छ।