इटहरी / नेपालमा पछिल्लो समयमा कोरोना संक्रमण तीब्र गतिमा उकालो लागि रहेको छ भने सुनसरीमा आज एक सय १९ जनामा कोरोना संक्रमण भएको छ ।
प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप ६ सय १७ जनामा कोरोना संक्रमण भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये मोरङ जिल्लामा दुई सय १७ जनामा , झापा जिल्लामा एक सय १६ जनामा , सुनसरी जिल्लामा एक सय १९ जनामा ,भोजपुर जिल्लामा २ जनामा , उदयपुर जिल्लामा एक जनामा र धनकुटा जिल्ला चार जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश-१ मा हाल सक्रिय संक्रमितको संख्या दुई हजार नाघेका छन् ।



