देशकोशी प्रदेशप्रदेश १ मा थप एक हजार एक सय ३५ जनामा कोरोना संक्रमण

प्रदेश १ मा थप एक हजार एक सय ३५ जनामा कोरोना संक्रमण

सुनसरी / प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप एक हजार एक सय ३५ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने इटहरीमा एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा २५३, बूढीगंगामा १९, सुन्दरहरैँचामा ११, उर्लाबारीमा ७, रंगेलीमा ५, कटहरी र स्थानीय तह नखुलेका ३-३, केराबारी, लेटाङ, धनपालथान, बेलबारी, जहदा र ग्रामथानमा २-२, पथरीशनिश्चरे, रतुवामाई र कानेपोखरीमा १–१ जना छन् ।

यता, सुनसरीको धरानमा १३०, इटहरीमा १००, इनरुवामा १२, दुहवीमा ६, हरिनगरमा ३, बराहक्षेत्र र बर्जुमा २-२, गढी र रामधुनीमा १-१ जना छन् ।यस्तै, झापाको बिर्तामोडमा ३९, भद्रपुरमा २१, मेचीनगरमा १७, अर्जुनधारामा १४, दमकमा १२, कनकाईमा १०, शिवसताक्षीमा ८, हल्दिबारीमा ५, बाहृदशी र कमल गाउँपालिकामा ४–४, कचनकवलमा ३, बुद्धशान्ति र स्थानीय तह नखुलेका २–२ जना छन् भने गौरादहमा १ जना छन् ।

उता, धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका २-२, पाख्रिबासमा १, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा १, संखुवासभाको मादीमा १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।यस्तै, इलामको इलाम नगरपालिका र स्थानीय तह नखुलेका १-१, भोजपुरको साल्पासिलिछो र रामप्रसाद राई गाउँपालिकामा १-१, पाँचथरको फिदिम, तेहृथुमको आठराई र खोटाङको हलेसीतुवाचुङमा १-१ र प्रदेश १ बाहिरका ३८ जनामा संक्रमण रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा थप ८० जना कोरोना संक्रमणमुक्त भएका छन् भने दुई पुरुष र एक महिलाको मृत्यु भएको छ । हाल प्रदेश १ मा सक्रिय संक्रमितको संख्या ५ हजार २०४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img