देशकोशी प्रदेशप्रदेश १ मा एक हजार २८३ जनामा कोरोना संक्रमण, ३ जनाक‍ो मृत्यु

प्रदेश १ मा एक हजार २८३ जनामा कोरोना संक्रमण, ३ जनाक‍ो मृत्यु

सुनसरी /आज प्रदेश १ मा थप २४ घण्टामा एक हजार २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने इटहरीमा ७६ जनामा संक्रमित भएका छन् र मृत्यु हुनेमा एक महिला र २ पुरूष रहेका छन् ।

१ हजार ४ सय ९२ जनाको परिक्षण गर्दा ८ सय ४६ र ९ सय ८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ३७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३६७, सुनसरीमा २४२ , झापामा १६८ , धनकुटामा ७ , इलाममा ४ , उदयपुरमा ६ , खोटाङमा ३ , ताप्लेजुङ, तेह्रथुम , संखुवासभा र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा आज २ सय ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणमुक्त हुनेमा १ सय ७ महिला र १ सय ३६ पुरूष रहेका छन् । संक्रिय संक्रमितको संख्या ६ हजार ४ सय ५४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो समयमा नेपालमा कोरोना संक्रमण तीब्र रूपमा बढेको छ । आज नेपाल थप २४ घण्टामा १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु र निको हुनेमा २ हजार ५ सय ४० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img