देशकोशी प्रदेशइटहरी र धरानका पत्रिका वितरकलाई साइकल प्रदान

इटहरी र धरानका पत्रिका वितरकलाई साइकल प्रदान

सुनसरी / प्रेस चौतारी सुनसरीले आज दुई जना पत्रिका वितरणलाई साइकल प्रदान गरेको छ ।

प्रेस चौतारी सुनसरीको २४ अौं स्थापना दिवसको अवसरमा आज (शनिबार ) इटहरी र धरानमा लामो समयदेखि पत्रिका वितरण गर्ने दुईजना पत्रिका वितरणलाई साइकल प्रदान गरिएको छ ।

प्रेस चौतारी सुनसरीकी अध्यक्ष शुभद्र प्याकुरेलका अनुसार इटहरीमा विगत ८ वर्षदेखि पत्रिका वितरण गर्दै आएका कल्याण राई र धरानमा विगत १५ वर्षदेखि ग्राहकहरूको घरमा पत्रिका पुर्यायदै आएका ५० वर्षीय बद्री राईलाई साइकल वितरण गरिएको छ ।

धरान-७ स्थित होटेल सन्ध्या इनमा भएको एक कार्यक्रममा नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोख्रेलले उनीहरू दुईजनालाई साइकलको चावि हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img