सुनसरी – झापाको मेचिनगर नगरपालिका-१५ बाट लागुऔषध ब्राउनसुगर सहित भारतीय नागरिक दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ पञ्चायत बतासे चुनिलाल गाँउमा बस्ने २५ बर्षीय मो.सुल्तान र सोही गाउँमा बस्ने २७ बर्षीय रन्जित गणेश रहेका छन् ।
(शनिबार ) हिजो दिनको ३ बजे प्रहरी चौकी ज्यामिरगढी झापाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागुऔषध ब्राउन सुगर १५ ग्राम सहित पक्राउ गरिएको छ । पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको छ ।



