सुनसरी / प्रदेश नम्बर-१ का मुख्यमन्त्री राजेन्द्र राईले आज (आइतबार ) मन्त्रीपरिषद् विस्तार गरेका छन् । मन्त्रीपरिषद् विस्तार गरे सँगै प्रदेश नम्बर-१ सरकार १४ सदस्यीय भएका छन् । आज (आइतबार) आठ मन्त्रीहरू थपिएका छन् । यसैबीच नवनियुक्त मन्त्रीहरूले आज शपथग्रहण पनि गरेका छन् ।





