Friday, February 7, 2025
देशकोशी प्रदेशपाथीभरा एड्भरटाइजिङ प्रालिद्वारा विद्यालयमा भेन्डिङ मेसिन र सेनेटरी प्याड वितरण

पाथीभरा एड्भरटाइजिङ प्रालिद्वारा विद्यालयमा भेन्डिङ मेसिन र सेनेटरी प्याड वितरण

इटहरी / आज पाथीभरा एड्भरटाइजिङ प्रालिको आठौं वर्षमा प्रवेश गरेको र पाथीभरा जब लिङ्क तेस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा भेन्डिङ मेसिन र सेनेटरी प्याड प्रदान गरेको छ ।

आज इटहरी-२ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा भेन्डिङ मेसिन र सेनेटरी प्याड वितरण गरिएको छ । महेन्द्र माध्यमिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष टंक पौडेलले भने पूर्व विद्यार्थीहरूले यहाँ आएर विद्यार्थीको हितमा काम गर्नुले आफुहरू लाभान्वित भएको बताए ।

यसैगरी इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा पाथीभराले भेन्डिङ मेसिन र सेनेटरी प्याड वितरण गरिएको कम्पनीका प्रबन्ध निर्देशक पवन अधिकारीले बताए । उनका अनुसार विद्यार्थीहरूमा महिनावारी भएको समयमा समस्या नहोस् भन्नका लागि भेन्डिङ मेसिन हस्तान्तरण गरिएको छ ।

सामाग्री बितरण कार्यक्रममा बोल्दै जनता बहुमुखी क्याम्पसकी प्रमुख प्रा. डा. गीता अधिकारीले भेन्डिङ मेसिनले क्याम्पसलाई फाइदा पुगेको बताइन् । उनले महिनावारी भएकै कारण क्याम्पसमा किशोरीहरुले पढाई छाड्नुपर्ने बाध्यता हटेको बताइन् । “यो मेसिनले ठूलो राहत पुगेको छ, अब क्याम्पसमा अध्ययनरत छात्राहरूलाई निकै सहज हुनेछ ।” उनले भनिन् ।

जनता क्याम्पसमा अध्ययनरत छात्रा अप्सरा कार्कीले आफुहरू महिनावारी भएको समयमा क्याम्पस नै आउन कठिन भएको बाध्यता हटेको बताइन् । उनले भनिन्, “अब क्याम्पसमा हामी जस्तै किशोरीहरूलाई सहज हुने छ, यो मेसिन अति आवश्यक थियो ।”

पाथीभरा जब लिङ्कले बेरोजगारी युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको छ । यस्तै, एडभरटाइजिङले प्रदेश १ मा रहेर स्थानीय एवम् राष्ट्रिय रूपमा विज्ञापन क्षेत्रमा काम गर्दै आएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस