सुनसरी / जिल्ला प्रशासन कार्यलय सुनसरीका विद्यालयहरू फागुन १ गते बाट खोल्ने निर्णय गरेको छ ।
विश्वव्यापी महामारीको रूपमा कोभिड-१९ को नयाँ भेरियन्ड ओमिक्रोन सहितको संक्रमण दर बढ्दै गएको सन्दर्भलाई रोकथाम नियन्त्रण र निदान र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकार ( मन्त्रीपरिषद् ) का निर्णयहरू कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यलय सुनसरी प्रशासनले १८ बुदे आदेश पत्र जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यलय सुनसरीले आदेश पत्र जारी गर्दै विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी आगामी फागुन १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।
‘१२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित र १२ वर्ष पूरा नभएका बालबालिकालाई विद्यार्थी संख्याका आधारमा सम्बन्धित स्थानीय तहको समन्वयमा विद्यालय व्यावस्थापनले आलोपालो गरी कक्षा सञ्चालन गर्न सक्ने’ प्रशासन कार्यालयले जारी गरेको आदेशमा भनिएको छ, ‘सबै किसिमका परीक्षाहरु स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी सिट व्यवस्था गरी फागुन १ गतेदेखि सञ्चालन गर्न सकिनेछ ।’
प्रशासनले भीडभाड हुने आमसभा, जुलुस, मेला, सम्मेलन, जात्रालगायतका भिडभाड हुने कार्यहरुमा लगेको प्रतिबन्धलाई निरन्तरता दिएको छ । सपिङ मलहरुमा एक पटकमा ५० जनाभन्दा बढी भीड दिन नहुने, पार्टी प्यालेसमा एक पटकमा क्षमताको ५० प्रतिशत वा बढीमा पूर्ण खोप लगाएका १०० जना बन्दा बढी उपस्थित हुन पाउने गरीे आदेशमा जारी गरिएको छ ।