Wednesday, February 12, 2025
देशकोशी प्रदेशप्रदेश १ को मोरङमा सबैभन्दा धेरै म्यादी खटाइँदै, सुनसरीमा दुई हजार ६५...

प्रदेश १ को मोरङमा सबैभन्दा धेरै म्यादी खटाइँदै, सुनसरीमा दुई हजार ६५ जना

सुनसरी / यहीँ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रदेश १ का १४ जिल्लामध्ये मोरङमा सबैभन्दा धेरै म्यादी प्रहरी खटाइने भएको छ भने सुनसरीमा २ हजार ६५ जना खटाइँदै छ ।

दक्षिणको सिमानामा रहेको मोरङको भारतसँग खुला सीमा रहेको मोरङमा तीन हजार एक सय २३ जना म्यादी प्रहरी परिचालन गरिने भएको हो। खटाइनेमध्ये आठ सय २० जना महिला र दुई हजार तीन सय तीन जना पुरुष छन् भने मोरङपछि भारतसँग खुला सीमा रहेका झापा र सुनसरीमा खटाइने म्यादीको सङ्ख्या धेरै छ ।

झापामा दुई हजार नौ सय १६ र सुनसरीमा दुई हजार ६५ जना म्यादी प्रहरी परिचालन गरिने प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए । सबैभन्दा कम म्यादी तेह्रथुममा परिचालन गरिने भएको छ भने निर्वाचन सुरक्षाका दृष्टिकोणले सामान्य जिल्लाभित्र परेको तेह्रथुममा चार सय ४६ जना मात्रै म्यादी खटाइने छ ।

उनका अनुसार इलाममा एक हजार तीन सय सात, खोटाङमा एक हजार ८६, उदयपुरमा एक हजार पाँच, पाँचथरमा नौ सय तीन, धनकुटामा आठ सय ५७, सङ्खुवासभामा आठ सय ५१, सोलुखुम्बुमा सात सय ९९, भोजपुरमा सात सय ६०, ताप्लेजुङमा छ सय ५३ र ओखलढुङ्गामा छ सय ३३ जना म्यादी परिचालन गरिने छ ।

एक सय ३७ वटा स्थानीय तह रहेको प्रदेश १ मा निर्वाचन सुरक्षाका लागि १७ हजार चार सय चार जना म्यादी खटाइने एसपी राईले बताए । प्रदेशमा चार हजार पाँच सय ३१ महिला र १२ हजार आठ सय ७३ जना पुरुष म्यादी खटिने उनले बताए ।

निर्वाचनका लागि प्रदेश १ मा एक हजार आठ सय ७७ मतदानस्थल र तीन हजार आठ सय ६३ वटा मतदान केन्द्र तोकिएका छन् । तीमध्ये तीन सय २१ वटालाई अति संवेदनशील र आठ सय ४१ वटालाई संवेदनशीलभित्र राखिएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस