Monday, February 17, 2025
देशकोशी प्रदेशइटहरी २० को नेपाली काङ्ग्रेसको केही प्रतिवद्धता : वडाअध्यक्ष मणिराम श्रेष्ठ

इटहरी २० को नेपाली काङ्ग्रेसको केही प्रतिवद्धता : वडाअध्यक्ष मणिराम श्रेष्ठ

इटहरी / यहीँ बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन लागि नेपाली काङ्ग्रेसबाट इटहरीको वडा नम्बर २० बाट मणिराम श्रेष्ठ वडा अध्यक्षको उम्मेदवारी दिएका छन् ।

खुल्ला महिला सदस्यमा धर्मा गिरी, दलित महिला सदस्यमा कुमारी बिक, खुल्ला सदस्यमा तनुज गुरुङ (सुरेश) र खुल्ला सदस्यमा बहादुर तामाङ चुनावी मैदानमा छन् । अहिले उनीहरू घरदैलो अभियानमा होमिएका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनबाट नेपाली काङ्ग्रेसबाट वडाअध्यक्षका उम्मेदवारी मणिराम श्रेष्ठ विजयी वडा अध्यक्ष भएका थिय । उनले भने ´ मैले काम गर्ने क्रममा घोषणापत्र मार्फत काम गर्ने भनेका कुराहरू केही बाँकि भएको हुँदा जस्तै क्रियापुत्रि घर जग्गाको कारण बाँकि रहेको त्यस्तै अन्य कामहरू बाँकि रहेको छ । ´

`बाटो घाटो पुर्णरूपमा कालोपत्रे गर्नभन्ने उनको प्रतिद्धतालाई बजेटका कारण सिमित स्रोत साधनका कारण उनले पूरा गर्न नसकेका काम हरू र सम्पूर्ण बाटो ड्रेन गरिसकेको अवस्थामा अब कालोपत्रे गर्न बाँकी रहेको हुँदा कालोपत्रे गर्ने श्रेष्ठको भनाइ छ ।´

उनले भने ´ अन्य कामहरू बाँकी रहेको भएकाले सो काम पूरा गर्न जनतालाई प्रतिवद्धता पूरा गर्न उनले फेरि पुन उम्मेदवारी दिनु पर्ने र जनताको पनि आवाज उनको पनि प्रतिवद्धता पूरा गर्ने इच्छा अनुसार पुन नेपाली काङ्ग्रेसको रूख चिन्हबाट मणिराम श्रेष्ठ लगाएत इटहरी २० का सम्पूर्ण टिमहरू विजयी गराईदिनु हुन अनुरोध गरेका छन् ।´

उसको टिम अहिले नेता कार्य कर्ताअरू इटहरी २० को घर दैलोमा पुगि आशिर्वाद लिएका छन् । विभिन्न राजनीति दलहरू भने घर घर , टोट टोलमा बाजागाजा सहित घर दैलो कार्यक्रमकमा होमिएका छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img