Monday, January 13, 2025
देशकोशी प्रदेशहेमकर्ण पौडेलले भने `इटहरी सहरमा अब जनताले बाढीबाट ज्यान गुमाउनु पर्दैन´

हेमकर्ण पौडेलले भने `इटहरी सहरमा अब जनताले बाढीबाट ज्यान गुमाउनु पर्दैन´

सुनसरी / नेपाली काङ्ग्रेसबाट इटहरीको गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार हेमकर्ण पौडेलले भने इटहरीका जनताले अब बाढीबाट ज्यान गुमाउन नपर्ने बताए ।

आज सोमबार इटहरी ५ दलिय गठबन्धनको कार्यक्रम आयोजित लोकतान्त्रित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले इटहरी सम्भावना बोकेको सहर भएपनि हरेक वर्ष बाढीले ज्यान गुमाउनुपर्ने भएपनि यसवर्षदेखि बाढीबाट कसैले पनि ज्यान गुमाउन नपर्ने बताएका छन् ।

उनले भने ‘अब सरकार खोज्दै तपाईहरू उपमहानगरको गेटसम्म आउनुपर्दैन, यो सरकार जनमुखी हुन्छ, सरकार गाउँ–गाउँमा जनताका समस्या नियाल्न पुग्छ ।’ उनले भने` कांग्रेसले नेतृत्व गरेको गठबन्धन विजयी भएको अवस्थामा यहाँका आम सर्वहारा जनताले सरकार खोज्दै उपमहानगर आउन नपर्ने बताए । ´

कार्यक्रम उनले बोल्दै भने, ‘एमालेको नेतृत्व दूरदर्शी थिएन, यो जनताको दोष होइन । हिजोको दिनका सरकारदेखि जनता डराएर हिड्नुपर्यो, अब सबै जाति, भाषाभाषीहरूले सरकार भएको महसुस गर्ने भनेका छन् ।

त्यस्तै, निर्माण क्षेत्र , युवा रोजगार तथा खेलकुद , धार्मिक तथा पर्यटकीय स्थल , सामाजिक सुरक्षा भत्ता तथा जेष्ठ नागरिक , शान्ति सुरक्षा व्यवस्था , कृषि तथा पशुपंक्षी , दैवी प्रकोप व्यवस्थापन , व्यवस्थित बसोबास , स्वास्थ्य क्षेत्र , शिक्षा क्षेत्र , महिला तथा बालबालिका , सामाजिक संघ संस्था र सडक बत्ती तथा खानेपानी क्षेत्रमा नेपाली काङ्ग्रेसले प्रतीवद्धता अर्थात् संकल्प पत्र अगाडि नै सार्वजनिक गरेको छ ।

सो कार्यक्रममा नेपाली काङ्ग्रेस इटहरीका कार्यवाहक सभापति कोविदजङ्ग कार्कीको अध्यक्षतामा भएको सो चुनावी सभामा पूर्व–प्रधानमन्त्री झलनाथ खनाल, नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, माओवादी नेताहरू रामनारायण बिडारी, शिवकुमार डाँगी, उपप्रमुखका उम्मेदवार केशव विष्ट, काङ्ग्रेस नेताहरू राजीव ढुङ्गाना, विकास केसी, कल्पना चौधरी, कलाकार जोगिन्दर पानवालालगायतले बोलेका थिए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img