Tuesday, June 24, 2025
देशकोशी प्रदेशचालक निदाउँदा उदयपुरमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृ´त्यु

चालक निदाउँदा उदयपुरमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृ´त्यु

spot_img

सुनसरी | आज बिहान उदयपुरको कटारी नगरपालिका-१४ भदौरेको चनौटे खोलानजिक मकवानपुरको हेटौंडाबाट हिनेको ट्रक दुर्घटना हुँदा चार जनाको मृ´त्यु भएको छ ।

मकवानपुरको हेटौंडाबाट मिक्लु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतिर जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको लोबेड ट्रक शिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडकखण्डमा आफैँ अनियन्त्रित भएर बिहान साढे २ बजेतिर दुर्घटनामा परेको हो ।

चालक निदाउँदा ट्रक सडकबाट लगभग एक सय मिटरजति तल खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ट्रक दुर्घटनामा परी चालक बारा जिल्लाको सिमरा-१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा-१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृ´त्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाले जानकारी दिए ।

घटनास्थलमै रहेका शवहरु बाहिर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।घटनास्थलमा उद्धारका लागि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । दुर्घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरेको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img