देशकोशी प्रदेशधरान ११ का ३१ वर्षीय सन्दीप लम्जेकको ह´त्याको संलग्नमा दुई जना पक्राउ

धरान ११ का ३१ वर्षीय सन्दीप लम्जेकको ह´त्याको संलग्नमा दुई जना पक्राउ

सुनसरी / धरान ५ को तल्लो देउरालीस्थित सुन्दरी बस्ती छेउमा गत जेठ १२ गते सन्दिप लम्जेलको मृ´त शवको फेला परेको थियो ।

धरान ११ विष्णुचौक ठाडो सोलिङका ३१ वर्षीय सन्दीप लम्जेलको ह´त्याको संलग्न २ जना नाबालकलाई प्रहरी पक्राउ गरेकाे छ । उनको ह´त्यामा संलग्न धनकुटा साँगुरीगढी-८ घर भई बगरकोटस्थित भेटघाट सेकुवा कर्नरमा कार्यरत १७ बर्षीय एक बलक र धरान १५ -बगरबोटका १३ बर्षीय नाबालक संलग्न रहेको निजहरूलाइ प्रहरीले पक्राउ गरेकाे हाे ।

धरान प्रहरीका अनुसार भेटघाट सेकुवा कर्नरमा कार्यरत नाबालकलाई सन्दिपले फोन गरेर केटी खोजी देउ भन्दै धम्की र गालीगलौज गरेकाे बिषयलाई लिएर ह´त्या भएकाे खुल्न गएकाे हाे ।

केटी भेटाइदिने भन्दै बगरकोटका बालकहरूले होटलमा रहेकाे २ थान छुरी बोकेर खोरिया बस्ती सेउती खोलाको पश्चिम भागसम्म पुर्याइ पेट, ढाढ, कुम, घाँटीको अगाडि भागमा छुरा प्रहार गरी गर्धन रेटेर मारे पश्चात अनुहार, टाउको पनि ढुंगाले किच्याएर लाश घोप्टो पारी हिडेको प्रहरीले जनाएको छ ।

दुवै जना नाबालक भएकोले उनीहरुको परिचय गोप्य राखेको प्रहरीले जनाएकाे छ । उनिहरू दुवैलाई सोमबार सुनसरी जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img