सुनसरी / विराटनगर–१२ स्थित आईतबारे हटिया पश्चिम नहर छेउमा हिजो राति मृ´त अवस्थामा भेटिएका एक पुरुष पहिचान खुलेको छ ।
मृ´तक पुरुष उदयपुर जिल्लाको त्रियुगा नगरपालीका- १२ बस्ने २३ बर्षिय राजु भनिने राधे साह रहेका छन् । हिजो मङ्गलबार राती करिब साढे ८ बजे खेतमा उनी मृ´त फेला परेका थिए ।
उनी मोरङको कटहरी गाँउपालीका-३ मा दिदिको घरमा बसेर सिटी सफारी चलाउदै आएका थिए । स्थानीयले मृतक शंकास्पद अवस्थामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयका अनुसार मृ´तक लागुऔषध प्रयोगकर्ता भएको आशंका गरिएको छ । मृ´त अवस्थामा भेटिएका पुरुषको अहिले उनका परिवारजन आएर पोष्टमार्टको प्रक्रिया अगाडी बढाइको मोरङ प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।