Saturday, February 15, 2025
देशकोशी प्रदेशइटहरी अस्पतालमा स्वास्थ्य बीमाको रेफर लिन पुग्न नपर्ने, थप चार ठाउँमा सेवा...

इटहरी अस्पतालमा स्वास्थ्य बीमाको रेफर लिन पुग्न नपर्ने, थप चार ठाउँमा सेवा बिस्तार

सुनसरी / इटहरी उपमहानगरपालिका अस्पतालबाट मात्र हुँदै आएको बीमा रेफर अब देखि इटहरीका ४ वटा स्वास्थ्य चौकीबाट पनि हुने भएको छ ।

नव निर्वाचित मेयर हेमकर्ण पौडेलले पदभार ग्रहण गरेसँगै नगर कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णय अनुसार अब स्वास्थ्य चौकी हाँसपोसा, पकली, एकम्बा र खनारबाट बीमा रेफर गर्ने व्यवस्था मिलाइएको छ ।

यो व्यवस्था हुनुअघि जटिल स्वास्थ्य समस्याको लागि अन्यत्र अस्पतालमा जँचाउन जानुअघि रेफर लिन इटहरी अस्पतालमा लामो लाइन बस्नुपर्ने बाध्यता थियो तर अब देखि इटहरी अस्पतालले ती स्वास्थ्य चौकीलाई आज बुधबारदेखि नै रेफर गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

1654090742559

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img