देशकोशी प्रदेशमोरङको लेटाङ र कटहरीमा भएको फरक फरक घटनामा दुई जनाको मृत्यु

मोरङको लेटाङ र कटहरीमा भएको फरक फरक घटनामा दुई जनाको मृत्यु

सुनसरी / मोरङ जिल्लाको लेटाङ र कटहरीमा भएको घटनामा शुक्रबार साँझ दुई जनाको मृत्यु भएको छ ।

लेटाङ नगरपालिका–३ मा नरिबलको रुखबाट लडेर लेटाङ ३ का अशोक राईको मृत्यु भएको छ । उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइपुर्याउनसाथ साँझ ७ः२५ बजेतिर लेटाङ–३ का २३ वर्षीय अशोक राईको लडेर मृत्यु भएको हो ।

चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । शव पोस्टमार्टमका लागि विराटनगरकै कोसी अस्पतालमा राखिएको थियोे । घटनाको बारेमा थप अनुसन्धान भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, मोरङ जिल्लाको कटहरी गाउँपालिका–७ हुरहुरिमा खोलामा डुबेर कटहरी–७ का ३९ वर्षीय जोगलाल सरदारको मृत्यु छ ।

प्रहरीका अनुसार बालुवा निकाल्न खोलामा पसेका सरदारलाई डुबेर बेहोस भएको अवस्थामा फेला पारिएको थियो । बेहोस अवस्थामा फेला पारेर आफन्तले घरमा ल्याएको केही बेरमै उनको मृत्यु भएको छ । शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ । प्रहरीले घटनाको बारेको थप अनुसन्धान गरिरहेको छ ।-साङ्केतिक तस्बिर

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img