Wednesday, February 12, 2025
देशकोशी प्रदेशइटहरी उपमहानगरपालिकाको कार्यपालिका निर्वाचनमा निर्वाचित भएकाहरूको सपथग्रहण

इटहरी उपमहानगरपालिकाको कार्यपालिका निर्वाचनमा निर्वाचित भएकाहरूको सपथग्रहण

सुनसरी | इटहरी उपमहानगरपालिकाको कार्यपालिका निर्वाचनमा नेकपा एमालेका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएकाहरूको आज शनिबार सपथग्रहण गरिएको छ ।

इटहरी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हेमकर्ण पौडेलले आज एमालेबाट निर्विरोध निर्वाचित कार्यपालिकाका आठ जना सदस्यलाई सपथग्रहण गराएका छन् । यहाँ अरु कुनै दलबाट उम्मेदवारी नदिएका वा दर्ता नगरेपछि स्वतः एमालेका उम्मेदवार निर्विरोध विजयी भएका हुन् ।

इटहरी उपमहानगरपालिका कार्यपालिकामा महिला कोटामा राधिका विश्वकर्मा पौडेली, दीपा राई, भीमाकुमारी तुम्बाहाम्फे, विन्दा केसी र तारादेवी ढकाल विजयी भएका छन् । त्यस्तै, सदस्यमा दलित तथा अल्पसंख्यक कोटाबाट प्रमोद शेर्पा, भीमादेवी राई र मनबहादुर विश्वकर्मा विजयी भएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
अहिले इटहरी उपमहानगरपालिकामा मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एमालेका तर्फबाट संगीता चौधरी निर्वाचित भएकी छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस