Friday, February 7, 2025
देशकोशी प्रदेशइटहरी २ को माइती नेपालले महिलाहरूलाई तालिम सिकाएर नयाँ जीवन दिदै

इटहरी २ को माइती नेपालले महिलाहरूलाई तालिम सिकाएर नयाँ जीवन दिदै

सुनसरी / इटहरी २ को माइती नेपालले महिलाहरूलाई सिलाई कटाई इरिक्सा तालिम ब्युटी पार्लर तालिम जस्ता विभिन्न सिप सिकाएर नयाँ जीवन दिदै आएको छ ।

इटहरी २ बरगाछिमा रहेको माइती नेपाल परामर्श तथा पुनस्थार्पना गृहले समस्या परेका महिलाहरूलाई उद्वार गरेर आर्थिक रूपले विपन्न महिलाका लागि आत्म निर्भरका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

माइतीले महिलाको हक हितमा विगत लामो समय देखि क्रियाशिल माइती नेपालले समस्या परेका महिलाहरूलाई उद्दार गरि स्वरोजगारीमा जोड दिदै आएको छ ।

सन् २००२ मा स्थापना भएको माइती नेपाल इटहरीले अहिलेसम्म ३२ सौँ पटक तालिम सञ्चालन गरिरहेको छ । जसमा यसपटक ९ जना महिलाहरू सहभागी छन् । तालिममा सहभागी महिलाहरूले उसुकताका साथ सीप सिकि रहेका छन् ।

माइती नेपाल इटहरीको तथ्यांकअनुसार सन् २००२ यता अहिलेसम्म ५६२ जना महिलाहरूलाई विभिन्न विधाको तालिम लिएर आत्मनिर्भर भनेका छन् ।

आर्थिक रूपमा विपन्न र महिला हिंसामा परेर उद्वार गरिएका महिलाहरूलाई माइती नेपालले सिलाई कटाई इरिक्सा तालिम ब्युटी पार्लर जस्ता विषयमा सक्षम बनाएर आत्मनिर्भर बनाउदै आएको छ । केही समय अघि इरिक्सा तालिम ६ महिलाहरूलाई सिकाईसकेको छ ।

घरेलु सँग समन्वय गरेर यो पटक ३ महिने कटिङ तालिमा ७ दिनको उद्यमशिलता तालिम दिने र यहीँ असार पहिलो हप्ता ७ दिनको तालिम दिने तयारी रहेको इटहरी २ माइती नेपालकी कार्यक्रम संयोजक सुनिता कार्किले बताउनु भयो ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस