नवलपरासी : नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा गोली चलेको छ ।
अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका हर्षराम यादवले गोली चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
उनले एक राउण्ड गोली चलाएको एक राउण्ड घोली चलाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रेम शाहीले रातोपाटीलाई बताए । उनको खोजी कार्य भइरहेको शाहीले बताए । गोली कसैलाई नलागेको प्रहरीले जनाएको छ ।