Wednesday, February 12, 2025
समाजछोरीलाई बला'त्कार गरेको आरोपमा बुवा पक्राउ

छोरीलाई बला’त्कार गरेको आरोपमा बुवा पक्राउ

(लमजुङ) — आफ्नै छोरीलाई जबर्जस्ती कर’णी (बला’त्कार) गरेको आरोपमा प्रहरीले लमजुङको राइनासबाट एकजना अधबैंसेलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार एकजना ४५ वर्षीय अधबैंसेले आफ्नै १६ वर्षीया छोरीलाई घरमा कोही नभएको बेला जवर्जस्ती क’रणी गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रहरी प्रमुख निरिक्षक जगदिश रेग्मीका अनुसार कि’शोरी नै प्रहरी कार्यालयमा आएर उजुरी दिएपछि उनका बुवालाई पक्राउ गरिएको हो ।

आइतबार बिहान ४ बजेतिर घरबाट पक्राउ गरिएका ती अधबैंसेलाई लमजुङ जिल्ला अदालतबाट सोमबार ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको इन्पसेक्टर रेग्मीले बताए । उनका अनुसार पीडित र पीडक दुवैको स्वास्थ्य परीक्षण गरिएको र छोरीलाई आमाको जिम्मा लगाएर पठाइएको छ ।

प्रहरीका अनुसार मद्यपान गरी स्थानीय चुनाव वरपर र चुनावपछि समेत गरी ती अधबैंसेले छोरीलाई ३ पटक कर’णी गरेको प्रारम्भिक बयान छोरीले दिएकी छन् । प्रारम्भिक बयानकै क्रममा ती अधबैंसेले २ पटकसम्म कर’णी गरेको स्वीकार गरेका अनुसन्धानमा खटिएका प्रहरीले बताएको छ ।

‘हामीले अदालतमा म्याद थप गरी अनुसन्धान थालेका छौं । घटनाको प्रकृति हेर्दा जवर्जस्ती क’रणी भएको प्रमाण र आधारहरु देखिएका छन्,’ प्रहरीले भन्यो ।

प्रहरीका अनुसार आमालाई भन्न नसकेर ती किशोरी प्रहरी कार्यालयमा आएका हुन् । तिनै किशोरीलाई जब’र्जस्ती क’रणी गरेको अभियोगमा एक युवकलाई यही बैशाखमा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाइसकेको छ ।

चैत ३० गतेको घटनामा ती युवकले किशोरीलाई नजिकैको बजारमा खाजा खान लगेपछि साँझपख भीषण वर्षा भएपछि होटलमा लगेर जबर्जस्ती क’रणी गरेको घटनामा प्रहरीले युवकविरुद्ध मुद्दा चलाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस