Wednesday, February 12, 2025
देशकोशी प्रदेशमोरङको जिसस निर्वाचन : एमालेका उम्मेदवार यी हुन्

मोरङको जिसस निर्वाचन : एमालेका उम्मेदवार यी हुन्

सुनसरी /मोरङमा नेकपा एमालेले जिल्ला समन्वय समितिका निर्वाचनका लागि सर्वसम्मत उम्मेदवारहरुको नाम हिजो बुधबार समितिका ९ पदाधिकारीको पदका उम्मेदवार सार्वजनिक गरेको छ ।

हिजो बुधबार सम्पन्न पदाधिकारी बैठकले समितिका ९ पदाधिकारीको पदमा उम्मेदवारहरु तय गरेको छ । जिसस प्रमुखका लागि सुन्दरहरैँचाका अजम्बर राई र उपप्रमुखमा रंगेलीकी उषा झा ठाकुरलाई उम्मेदवार बनाइएको छ ।

यसैगरी, ३ महिला सदस्यहरुमा मिक्लाजुङकी उमा नेपाली, लेटाङकी हरिमाया विश्वकर्मा र ग्रामथानकी उर्वशी थारुलाई उम्मेदवार बनाइएको छ । बैठकले गरेको निर्णयमा दलित सदस्यका लागि धनपालथानका चन्द्र सरदारको नाम उल्लेख छ ।

त्यस्तै, अन्य सदस्यहरुमा उर्लाबारीका मित्र ढकाल, विराटनगरका तुलसी घिमिरे र देवमणी कटुवाललाई उम्मेदवार बनाइएको छ । मोरङ जिससका लागि ३१ गते निर्वाचन हुँदैछ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस