देशकोशी प्रदेशखोटाङमा विद्यालयको हिसाबकिताब बुझ्न खोज्दा शिक्षिका माथि प्रधानध्याकबाट हातपात

खोटाङमा विद्यालयको हिसाबकिताब बुझ्न खोज्दा शिक्षिका माथि प्रधानध्याकबाट हातपात

सुनसरी / खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका- २ डाँडागाउँस्थित साक्षरता प्राविकी शिक्षिका माथि प्रधानध्यापक द्वारा हातपात भएको छ ।

विद्यालयको आर्थिक गतिविधि पारदर्शीताको विषयमा बुझ्न खोज्दा गोमा कार्कीमाथि प्रधानाध्यापक लक्ष्मी पौडेलले हातपात गरेकी छन् । प्रअ पौडेलले शिक्षिका कार्कीमाथि विद्यालय व्यावस्थापन समितिको बैठकमा हातपात गरेकी हुन् ।

कार्की उपचारका लागि जिल्ला अस्पताल दिक्तेलले लगिएकोमा अस्पतालले रेफर दिएर नोबेल अस्पताल विराटनगर रेफर गरेको छ । शिक्षिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा पौडेलविरुद्ध उजुरी पनि दिएका छन् ।

विद्यालयको पाठ्यपुस्तकको १० हजार आठ सय ८५, सीपको १५ हजार, मसलन्दको १५ हजार, अडिटको १० हजार, मर्मतको नौ हजार, छात्रवृत्तिको चार हजार आठ सय, इन्टरनेटको १२ हजार, इन्टरनेट रिजार्चको १२ हजार, दिवा खाजाको ३४ हजार पाँच सय ९६ सहित एक लाख ३२ हजार नौ सय ३१ को आयव्यायका विषयमा जिज्ञासा राख्दा आफूमाथि कुटपिट भएको शिक्षिका कार्कीले बताइन् ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सकुन्तला खत्रीले घटनाबारे विवाद भएको स्वीकार गरिन् । ‘यो भन्दाअघिको बैठकमा पनि उहाँहरूबीचमा आर्थिक हिसाबको विषयमा विवाद भएको रहेछ,’ खत्रीले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img