सुनसरी- मोरङको बेलबारी र रतुवामाईमा छुट्टाछुट्टै ठाउँको घटनामा तीन जनाको मृत्यु भएको छ । रतुवामाइमा नगरपालिकामा खाल्डोमा डुबेर र बेलबारीमा ट्रक सँग मोटरसाइकल जुद्दा दुर्घटनामा परेर शनिबार राति दुई जना बालबालिकाको मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार रतुवामाई- १ मुस्लिम टोलका २ वर्षीय साकिर आलमका छोरा जासिद आलमको शव खोल्डोको पानीभित्र डुबेर बालकको शव खाल्डोको पानीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको छ ।
घरदेखि ३० मिटरजति उत्तरमा रहेको सार्वजनिक कलको पानी जमेको खाल्डोमा बालकको शव भेटिएको डिएसपी श्रेष्ठले बताए । शव पोस्टमार्टमका लागि रङ्गेली अस्पताल लगेर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी–२ स्थित सडकमा रोकेर राखेको ना ६ ख ५९३६ नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १० प ८२२३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा बालिकको मृत्यु भएको छ ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार दुर्घटनामा परेर बेलबारी–१० का अन्दाजी ३५ वर्षीय रविन चाम्लिङ राईकी छोरी २ वर्षीया दयानी राईको मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक रविन र पछाडि सवार उनकी पत्नी अन्दाजी ३० वर्षीया बन्दना राईको न्युरो अस्पतालमै उपचार भइरहेको छ ।
त्यसैगरी, बेलबारी–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा दुर्घटना हुँदा गम्भीर घाइते भएका २५ वर्षीय गणेशकुमार राईको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–१ घर भएका राई गत शुक्रबार दिउँसो दुर्घटनामा परेर घाइते भएका थिए । प्रदेश १–०२–०४४ प १६७२ नम्बरको स्कुटरका चालक रहेका उनको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा शनिबार राति ८ः३० बजेतिर मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स्कुटरलाई शुक्रबार दिउँसो ४ः४० बजेतिर पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७४७ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा चालक राई र स्कुटरको पछाडि सवार मोरङको ग्रामथान गाउँपालिका–५ का २३ वर्षीय विजयकुमार श्रेष्ठ घाइते भएका थिए । विराट नर्सिङ होममै उपचार भईरहेको छ ।



