देशकोशी प्रदेशविराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार बजेट सार्वजनिक

विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार बजेट सार्वजनिक

सुनसरी / आर्थिक वर्ष २०७९-८० का लागि विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको छ ।

महानगरको दशौं अधिवेशनमा विराटनगर महानगर उपप्रमुख शिल्पा निरौला कार्कीले आज शुक्रबार महानगरको सभामा आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा १ अर्ब ७२ लाखले न्यून हुने प्रस्तुत गर्दै बजेट प्रस्तुत गरेकी हुन् ।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा आम्दानीतर्फ संघीय सरकारबाट वित्तीय हस्तान्तरण भई आउने ४५ करोड ६८ लाख, प्रदेश सरकारबाट २ करोड ६१ लाख ९७ हजार, राजस्व बाँडफाँडबाट मूल्य अभिवृद्धि कर अन्त शुल्क २१ करोड १७ लाख २९ हजार, घरजग्गा रजिष्ट्रेशनबाट ८८ करोड ८२ लाख ९३ हजार, सवारीसाधन कर प्रदेशबाट प्राप्त हुने ३ करोड ९९ लाख ४७ हजार रहेको छ ।

चालू आर्थिक वर्षमा ४ अर्ब ६३ करोड २ लाख ८१ हजार पाँच सय रुपैयाँको संशोधित बजेट थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img