Thursday, October 10, 2024
देशकोशी प्रदेशप्रदेश १ को नाम लिम्बुवान किरात माग गर्दै विराटनगरमा प्रदर्शन

प्रदेश १ को नाम लिम्बुवान किरात माग गर्दै विराटनगरमा प्रदर्शन

spot_img

सुनसरी / प्रदेश नम्बर १ नाम लिम्बुवान किराँत प्रदेश घोषणा गर्न माग गर्दै मुख्यमन्त्री कार्यलयमा विराटनगरमा प्रदर्शन गरेका छन् ।

पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै विभिन्न जिल्लाबाट विराटनगर आएका पहिचानवादीहरुले आज मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले पहिचानविनाको प्रदेश नमान्ने चेतावनी दिएका छन् ।

प्रदेश १ को नामकरणका लागि विराट ,सगरमाथा, कोशी, सप्तकोशी, किरात, कोशी किरात, किरात लिम्बूवान, लिम्बूवान जस्ता नाम चर्चामा छन् । विशेषतः कांग्रेस र एमाले नाममा लगभग सहमति जस्तै रहेपनि के नाम राख्ने भन्ने विषयमा टुंगो लागिसकेको छैन ।

यति खेर प्रदेश नम्बर १ को नाम राख्ने विषयमा चर्चा मै रहेको छ । सोमबार प्रदेश १ को नाम किरात राख्न माग गर्दै र्यालिसहित मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएका थिय ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img