प्रदेश १ को नाम किरात प्रदेश राख्न माग गर्दै भोजपुरमा एक घण्टा चक्का जाम गरिएको छ । किरातराई यायोक्खा जिल्ला कार्य समिती भोजपुरले आज चक्का जाम गरेको हो । भोजपुरमा केन्द्रको कार्यक्रम अनुसार चक्का जाम गरिएको किरात राई यायोक्खा भोजपुरकि अध्यक्ष सिर्जना राईले बताईन ।
जिल्ला सदरमुकाम स्थित देउराली चोकमा गरिएको चक्का सयांैको संख्या रहेका दुइपाग्रे र चार पाङग्रे सवारी अलपत्र पर्दा यात्रु हरु गन्तव्यमा पुग्न नसकेको बताउछन रामप्रसाद राई गाउँपालिकाका सुरेन्द्र पराजुलि ।
यता किरात राई यायोक्खाकि अध्यक्ष राईले इन्फोनेपालका सम्बादाता सङ्ग कुरा गर्दै भनिन ” किरात प्रदेश हाम्रो नामकरणका लागि आन्दोलन जारी छ ,हाम्रो माग पूरा नभए सम्म आन्दोलन रोकिने छैन ,पहिचान र संघीयताको आधारमा किरात प्रदेश घोषणा गर्नु पर्ने ,यदि माग सम्बोधन जस्तोसुकै माग मुल्य चुकाउन तयार रहेको बताइन । “