देशकोशी प्रदेशविराटनगरबाट पनि यातायात व्यवस्था कार्यालय लाइसेन्सको वितरण सेवा सुरु

विराटनगरबाट पनि यातायात व्यवस्था कार्यालय लाइसेन्सको वितरण सेवा सुरु

सुनसरी | अब प्रदेश १ को राजधानी मोरङ जिल्लाको विराटनगरबाट पनि सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परिक्षा हुने भएको छ ।

प्रदेश १ यातायता व्यवस्था तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय विराटनगरबाट लाइसेन्स र ट्रायल दिन मिल्ने गरी सेवा सुरु भएको छ । साउन ११ गते बुधबार बेलुकादेखि विराटनगर यातायात व्यवस्था कार्यालय अन्तर्गत सेवाग्राहीले अनलाइन फाराम भर्नेगरी सेवा सञ्चालनमा आएको छ ।

हाल प्रदेश १ मा सुनसरीको इटहरी, झापाको विर्तामोड, इलाम, धनकुटा र उदयपुर गाईघाटबाट ट्रायल दिने व्यवस्था रहेको छ । विराटनगरबाट पनि यातायातका काम हुने भएकाले सेवाग्राहीलाई थप सहज हुने यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले विश्वास व्यक्त गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img